६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

हुण्डाईको इन्स्टर क्रस चाँडै नै नेपाली बजारमा




काठमाडौं– हुण्डाईको नयाँ इलेक्ट्रिक गाडी इन्स्टर क्रस आगामी २०२५ को शुरुवातमा नै नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

गत जुन महिनामा कोरियामा बिक्री शुरु भएको इन्स्टर इलेक्ट्रिक एसयूभीको सफलतासँगै कम्पनीले यसको एड्भेञ्चर भेरियन्ट बजारमा ल्याउन लागेको हो । इन्स्टरलाई हुण्डाईले दुई ब्याट्री अप्सन र दुई मोटरको साथमा बजारमा ल्याउन लागेको हो । य

सको इन्ट्री लेभल भेरियन्टमा ७० किलोवाट क्षमताको फ्रन्ट माउण्टेड मोटर छ । उक्त मोटरलाई इनर्जी दिन ४२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । यसको रेन्ज ३०० किलोमिटर रहने छ ।

यसको टप भेरियन्टमा ११३ हर्सपावर दिने ८५ किलोवाटको मोटर छ । टप भेरियन्ट इन्स्टरमा ४९ किलोवाट आवरको ब्याट्रीप्याक छ । यसले एक पटकको चार्जमा ३५० किलोमिटर रेन्ज दिनेछ ।

  :