६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

बीवाईडी चीनको ठूलो कार उत्पादक बन्न सफल




काठमाडौं– विश्वकै ठूलो कार बजार चीनमा चिनियाँ सरकारी स्वामित्वको कार उत्पादक कम्पनी एसएआईसी ग्रुपलाई बीवाईडीले पछाडि पारेको छ । विश्वका ठूला कार निर्माता फक्सवागेन, जनरल मोटर्स र विलिङमा संयुक्त लगानी गरेको एसएआईसीसँग एमजी र मेक्सस जस्ता ब्राण्ड एकल स्वामित्वमा रहेको छ ।


सबै ब्राण्डको उत्पादन र बिक्री मिलाएर पहिलो स्थानमा रहेको एसएआईसी समूहलाई बीवाइडीले उछिन्न सफल भएको छ । जनवरी २०२४ देखि सेप्टेम्बरसम्ममा बीवाइडीले सबै ब्राण्ड मिलाएर २७ लाख ४७ हजार ८७५ यूनिट कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३२।१३ प्रतिशतले वृद्धि हो ।

उता एसएआईसी ग्रुपले सेप्टेम्बरमा ३५ प्रतिशतले बजार गुमाएर ३ लाख १३ हजार यूनिट मात्रै कार बिक्री गरेको छ । उसले सन् २०२४ को सेप्टेम्बरसम्मा २६ लाख ४९ हजार ३३३ यूनिट कार बिक्री गरेको छ । एसएआईसी गु्रपको समग्र बिक्रीमा २१।५ प्रतिशतले गिरावट आएको हो ।

  :