६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

बजाज डोमिनारमा नेपालका नौ जनाको टोली लद्दाखको यात्रामा




काठमाडौं– बजाज डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको यात्रामा निस्किएको छ। यात्रा २० दिनको हुनेछ । टोलीले ५,८८३ मिटर (१९,३०० फीट) उचाईमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक उम्लिङ लाको भ्रमण गर्नेछ । “द ग्रेट हिमालयन ओडिसी” नाम दिइएको यो विशाल मोटरसाइकल यात्राले ६,००० किलोमिटर भन्दा बढीको दूरी पुरा गर्नेछ ।

बजाज डोमिनार ४०० को लद्दाख यात्रा काठमाडौंको नक्सालमा रहेको ‘बाइकर्स क्याफे’बाट सुरु भएको हो । यो अभियान देशको मोटरसाइकल संस्कृतिमा विकास विस्तारमा महत्वपूर्ण हुने हंशराज हुलास चन्द एण्ड कम्पनीले जनाएको छ ।

बजाज मोटरसाइकलका मार्केटिङ हेड अमितराज चालिसेले डोमिनार राइडरहरूले यो ठूलो चुनौतीको सामना गरेको देखेर धेरै खुसी भएको बताउनुभयो । विश्वको सबैभन्दा अग्लो मोटरेवल सडकबाट पुग्न सकिने उम्लिङ लामा पुग्नु डोमिनार ४०० को स्थायित्व र यसलाई चलाएर जाने राइडरहरुको साहस र आत्मवलको प्रशंसा गर्नैपर्छ । हामी टोलीलाई बजाज डोमिनार प्रति उहाँहरुले राख्नु भएको विश्वासमा धन्यवाद भन्दै क्रस–कंट्री साहसिक यात्राको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ, चालिसेले भन्नुभयो ।

यस अभियानको नेतृत्व टोलीका कप्तान मनिष देवकोटाले ‘उम्लिङ ला पुग्नु धेरै राइडरहरूको लागि सपना भएको बताउनुभयो । उहाँले भन्नुभयो– हामी अगाडि आउने चुनौतीहरूको लागि तयार छौं र हाम्रो डोमिनार मोटरसाइकल र हाम्रो सवारी कौशलमा हामीलाई पूर्ण विश्वास छ । यो केवल एक यात्रा मात्र होइन, साहस र जोशको बयान पनि हो । यहाँहरू सबैको अटल समर्थन र प्रोत्साहनको लागि धन्यवाद छ ।’

बजाजले यस अभियानलाई डोमिनार ४०० मोटरसाइकलको पराक्रम र नेपाली सवारहरूको दृढ सङ्कल्पको शक्तिशाली प्रदर्शन मानेको छ । द ग्रेट हिमालयन ओडिसी यही १५ अक्टोबर २०२४ मा सुरु भएको हो ।

  :