६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

जोनसेन क्यारेरा किन्दा फेस्टिभ अफर




काठमाडौं– नेपाली बजारमा हालै भित्रिएको नयाँ बाइक जोनसेन क्यारेरा किन्दा कम्पनीले अफर उपलब्ध गराएको छ ।

यो बाइकको नेपालका लागि आधिकारिक बिक्रेता ज्योति ग्रुप अन्तर्गतको स्यामुकापु ट्रेडिङले घोषणा गरेको फेस्टिभ अफरमा यो बाइक किन्दा शुरुमै ५ हजार रुपैयाँ छुट उपलब्ध हुन्छ भने स्क्र्याच कार्डमार्फत १० हजार रुपैयाँ सम्म थप छुट हुने जनाइएको छ ।

यो बाइकको मूल्य ५ लाख ६० हजार ५ सय रुपैयाँ छ । यो बाइकमा कम्पनीले २ वर्ष वा ३० हजार किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध गराएको छ ।

२२० सीसी इन्जिनयुक्त यो बाइकमा एड्भेन्चर मोटरसाइकलमा हुनु पर्ने विभिन्न विशेषता रहेका छन् । पुरानो कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग साट्नका लागि अन द स्पट फाइनान्स र एक्सचेन्जको समेत सुविधा रहेको छ ।

  :