६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

रोयल इनफिल्डले नोभेम्बर ४ मा इलेक्ट्रिक बाइक सार्वजनिक गर्ने




काठमाडौं– आगामी नोभेम्बर ४ मा रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले आधिकारिक रुपमा सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एक टीजर सार्वजनिक गर्दै आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल तयार भएको र नोभेम्बर ४ तारिखमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।

रोयल इनफिल्डले आफ्नो इलेक्ट्रीक सेग्मेन्टका लागि डेडिकेटेड वेबसाइटका साथै नयाँ इन्स्टाग्राम पेजसमेत तयार गरेको छ ।
पहिलो पटक सन् २०२२ मा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकलको प्रोटोटाइप सार्वजनिक गरेको थियो । कम्पनीले नयाँ इलेक्ट्रीक प्लेटफर्ममा नै मोटरसाइकल ल्याउन लागेको हो ।

  :