६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

सार्वजनिक भयो पल्सर ‘एन १२५’ मोटरसाइकल



काठमाडौं– भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले पल्सर सिरिज अन्तर्गत बजार पल्सर ‘एन(१२५’ मोटरसाइकल लञ्च गरेको छ । बजाजले पल्सर एन १२५ एलईडी डिस्क र एलईडी डिस्क बीटी गरि दुई भेरियन्टमा लञ्च गरेको हो ।

नयाँ पल्सर एन १२५ मा १२४.५९ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड, बीएस ६ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार ५०० आरपीएममा १२ पीएस पावर र ७००० आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । पल्सर एन१२५ मा एलईडी हेडलाइट र टेललाइट जडान गरिएको छ । साथै, यसमा एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोल पनि छ जसले स्पिडोमिटर, ओडोमिटर, ट्रिप मिटर, फ्युल गेज र घडी जस्ता जानकारी देखाउँछ । यसको एलईडी डिस्क बीटी भेरिएन्टमा ब्लुटुथ कनेक्टिभीटीको सुविधा पनि छ, जसले कल र एसएमएस अलर्ट प्रदान गर्छ ।

यस मोटरसाइकलको अगाडि कभर सहितको आरएसयु टेलीस्कोपीक फर्क र पछाडि प्रिलोड एड्जस्टेवल मोनोसक सस्पेन्सन सेटअप दिइएको छ । साथै, एन(१२५ मोटरसाइकलको अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहेको छ ।

बजाजले यसमा १७ इन्चको अलोय ह्वील दिएको छ । नयाँ मोटरसाइकलको तौल १२५ किलोग्राम, सिट हाइट ७९५ एमएम र ग्राउन्ड क्लियरेन्स १९८ एमएम छ ।

  :