६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

बीवाईडीको नयाँ रेकर्ड, एक सातामै १ लाख ७ हजार २ सय युनिट बिक्री




काठमाडौं– चिनियाँ ईभी उत्पादक बीवाईडीले एक साताको अवधिमा १ लाख ७ हजार २०० युनिट बिक्री गर्दै नयाँ रेकर्ड कायम गरेको छ । अक्टोबर ७ देखि १३ सम्मको एक साताको अवधिमा बीवाईडीले उक्त युनिट बिक्री गरेको हो ।

बीवाईडी स्थापनापछि एकै हप्तामा बिक्री गरेको यो सबैभन्दा बढी युनिट भएको रिपोर्ट सार्वजनिक भएको छ । सोही सातामा एलआई अटोले १३ हजार ७०० युनिट, लिप मोटर्सले ८ हजार ७०० युनिट, टेस्लाले ८ हजार ५०० युनिट गाडी बिक्री गरेको रिपोर्टमा उल्लेख छ ।


यस अगाडि विश्वकै ठूलो कार बजार चीनमा चिनियाँ सरकारी स्वामित्वको कार उत्पादक कम्पनी एसएआईसी ग्रुपलाई बीवाईडीले पछाडि पारेको थियो ।विश्वका ठूला कार निर्माता फक्सवागेन, जनरल मोटर्स र विलिङमा संयुक्त लगानी गरेको एसएआईसीसँग एमजी र मेक्सस जस्ता ब्राण्ड एकल स्वामित्वमा रहेको छ । सबै ब्राण्डको उत्पादन र बिक्री मिलाएर पहिलो स्थानमा रहेको एसएआईसी समूहलाई बीवाइडीले उछिन्न सफल भएको छ।

  :