६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

अब सवारी लाइसेन्स कार्ड बोकिरहन नपर्ने




काठमाडौं– अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड बोकिरहन आवश्यक नपर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सामाजिक सञ्जाल मार्फत जानकारी गराउँदै अब उप्रान्त नागरिक एप मार्फत मोबाइलमा नै लाइसेन्स उपलब्ध हुने व्यवस्था सुरु गरिएको बताउनुभएको छ।

यो नयाँ व्यवस्था आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा लागू हुनेछ। यसमा ट्रायल पास गरेपछि लाइसेन्स कार्डको सट्टा नागरिक एपमा डिजिटल लाइसेन्स पाउन सकिनेछ।

साथै, ट्राफिक नियम उल्लंघन गरेपछि ट्राफिक प्रहरीले काट्ने चिटको रकम त्यही ठाउँमै डिजिटल पेमेन्ट गरेर तिर्ने सुविधा पनि गरिएको छ।

यो व्यवस्थाले सवारी लाइसेन्स छपाइमा देखिएको समस्याको अन्त्य मात्र होइन, सवारी नियम उल्लंघन गर्दा हुने झन्झट पनि हट्ने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको छ। यससँगै नागरिक एपमा थप सुविधाहरू पनि ल्याउन तयारी भइरहेको जनाइएको छ।

हामी कुनै पनि कामको लागि नागरिकले लाइन बस्नु पर्ने समस्याबाट मुक्त गराउन लागिपरेका छौं। यो सुविधाले राज्यबाट छिटो सेवा प्रवाहमा टेवा पुग्नेछ भन्ने हामीले आशा राखेका छौं, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

  :