६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

कावासाकीको आधिकारिक विक्रेता बन्न सफल भयो विशाल ग्रुप




काठमाडौं– कुनै समयमा नेपाली बजारमा उपलब्ध भएर बन्द भएको कावासाकी ब्राण्ड फेरि नेपाल आउने भएको छ । केही दशकअघि भारतमा बजाज इन्डियासँगको सहकार्यमा चर्चित, जापानी दुईपांग्रे सवारी ब्रान्ड कावासाकीको नेपालका लागि आधिकारिक बिक्रेता विशाल ग्रुपले पाएको छ। इन्डिया कावासाकी मोटर्स लिमिटेडले विशाल ग्रुपअन्तर्गतको कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेको हो।

कावासाकीको धिकारिक बिक्रेता लिनका लागि विभिन्न व्यावसायिक घरानाले प्रयास गरिरहेका अवस्थामा बिशाल ग्रुपले आधिकारिक बिक्रेता बन्न सफल भएको हो ।

यो सँगै कावासाकी नयाँ रुपमा नेपाल आउने भएको छ, तर २००९ मा कावासाकी जापानले भारतमा आफ्नो अलग्गै कम्पनी स्थापना गरेर मोटरसाइकल उत्पादन तथा बिक्री सुरु गर्ने निर्णय गरेको थियो। त्यसयता कावासाकीका मोटरसाइकल नेपालमा आएका थिएनन्। विशाल ग्रुपले कावासाकीका मोटरसाइकल नेपालमै एसेम्बल गरेर बिक्री गर्ने तयारी गरेको छ।

विशाल ग्रुपले नेपाली बजारमा धेरै ब्रान्डका सवारी साधनको कारोबार गर्दै आइरहेको छ । सुजुकी मोटरसाइकल पहिले देखि नै यही ग्रुप अन्तर्गतको भीजी अटोमोबाइल्सले कारोबार गरिरहेको छ । त्यसैगरी प्यासेन्जर कार अन्तर्गत फक्सवागन, एमजी, वुलिङ, माज्दा, म्याक्सस, रेनो र जीडब्लुएम ब्रान्डको पनि आधिकारिक बिक्रेता विशाल ग्रुप हो ।

  :