६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

महिन्द्राद्वारा स्कर्पियो क्लासिकको बोस एडिसन सार्वजनिक




काठमाडौं– भारतीय एसयूभी जायन्ट महिन्द्रा कम्पनीले आफ्नो लोकप्रिय मोडल स्कर्पियो क्लासिकको बोस एडिसन सार्वजनिक गरेको छ । नयाँ एडिसनको इन्टेरियर र एक्सटेरियरमा थप गरिएको छ ।

नयाँ एडिसनमा ब्ल्याक कलर थिम दिइएको छ । यसको फ्रन्ट ग्रिल र फग ल्याम्प हाउजिङलाई पुरै कालो रङमा सजाइएको छ भने बोनेट स्कुप, रियर क्वार्टर ग्लास, हेडल्याम्प र टेलल्याम्पमा समेत ब्ल्याक क्रोम दिइएको छ । साथै सो नयाँ एडिसनमा महिन्द्राले रेन भाइजर, फ्रन्ट स्किड प्लेट, ब्ल्याक कलरको रियर गार्ड र रियर भ्यू क्यामेरा थप गरेको छ । इन्टेरियरमा खासै ठूलो परिवर्तन नगिरएपनि ब्ल्याक सिट अपहोलेस्ट्रि र कम्फर्टका लागि कुशन र नेक पिल्लो भने थप गरिएको छ ।

स्कर्पियो क्लासिकमा महिन्द्राले २।२ लिटर क्षमताको फोर सिलिन्डर डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले १३२ एचपी पावर र ३०० एनएम टर्क जनेरेट गर्दछ । रियर ह्विल ड्राइभ भएको यसमा ६ स्पिड म्यानुअल गियरवक्स पाउन सकिन्छ ।

  :