६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

होण्डाको हर्नेट २.० को मूल्य घट्यो




काठमाडौं– होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले हर्नेट २.० को मूल्य घटाएको छ । कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै हर्नेट २.० को मूल्य ३४ हजार रुपैयाँले घटाएको हो ।

कम्पनीले २०७८ कार्तिकमा पहिलो पटक नेपाली बजारमा बिक्री सुरू गर्दा ४ लाख ९८ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको यो मोटरसाइकलको मूल्य अहिले घटाएर ४ लाख ६४ हजार ९०० रुपैयाँ कायम गरेको हो ।

होन्डा हर्नेट आधुनिक फिचर लोडेड मोटरसाइकल हो । यसमा १८४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६,१० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । १२ लिटर क्षमताको इन्धन ट्याङक रहेको मोटरसाइकलले ४० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।

  :