६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

जोनसेनका दुई मोडलका मोटरसाइकलको मूल्य घट्यो




काठमाडों– जोनसेन ब्रान्डका मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता स्यामुकापु ट्रेडिङले दुई मोडलका मोटरसाइकलको मूल्य घटाएको छ ।

गत भाद्र महिनामा नेपालमा सार्वजनिक भएको नयाँ ब्रान्डका जोनसेनका विभिन्न मोडल मध्ये दुई मोडलको मूल्यमा कम्पनीले घटाएको हो।

स्यामुकापुले सार्वजनिक गरिएको नयाँ मूल्य सूची अनुसार जोनसेन विक ९ को मूल्य ४ लाख ८० हजार र क्यारेराको मूल्य ५ लाख २५ हजार ५ सय रुपैयाँ छ । यी दुई मोडलको मूल्य यो भन्दा पहिले क्रमशः ४ लाख ९९ हजार र ५ लाख ६० हजार ५ सय रुपैयाँ थियो ।

नेपाली राइडरहरुको माग अनुसार सो मूल्यमा परिमार्जन गरिएको कम्पनीले स्पष्ट पारेको छ ।

  :