६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

सितापाइलामा सेरेस ईभीमा आगलागी




काठमाडौं– काठमाडौंको सितापाइलामा पार्किङ गरेको बिद्युतीय कारमा आगलागी भएको छ । बा प्र ०२ ०२९ च ५९५० नम्बरको सेरेस विद्युतीय कारमा आगलागी भएको हो ।

काठमाडौं महानगरपालिका(१५ स्थित सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा उक्त कार पार्किङमा राखिएको थियो । प्रहरीका अनुसार कारमा ब्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किएको थियो । घटनामा कुनै मानवीय क्षति भएको छैन ।

  :