६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

दिपल एस०५ सार्वजनिक, चाँडै नेपाल ल्याउने तयारी




काठमाडौं–चांगानको दिपल एस०५ चीनमा अक्टोबर २० मा औपचारिक रुपमा सार्वजनिक भएको छ । चीनमा सो दिपल ईभीको मूल्य १६ हजार ९ सय देखि २० हजार ५ सय डलर सम्म तोकिएको छ । दिपल ब्रान्ड सन् २०२२ अप्रिलमा लन्च भएको थियो । दिपलले ३ लाख युनिट कार बिक्री पुरा गरेको अवसरमा सार्वजनिक गरेको एस०५ निकै ठूलो एसयूभी हो । विभिन्न चार भेरियन्टमा े एस०५ सार्वजनिक गरिएको छ । एस०५ एसयूभी प्रो, प्लस, म्याक्स र अल्ट्रा भेरियन्टमा उपलब्ध छ ।

दिपल एस०५ सो ब्रान्डको ‘इन्टरस्टेलर फ्लाइङ विङ’ डिजाइनमा र पाँच पेन्ट कलरमा उपलब्ध छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४६२०, १९०० र १६०० एमएम छ भने ह्विलबेस २८८० एमएम छ ।

कारमा प्रयोग गरिएको दिपल फोरके इन्टेलिजेन्ट क्यामेरामा ६४जी स्टोरेज स्पेस उपलब्ध छ र यसमा २१ हजार फोटोहरु वा १२ घण्टाको भिडियो स्टोर गर्न सकिन्छ । त्यसैगरी यसमा भएको हुवावे एक्सपिक्सेलको सहयोगले चल्ने १।३ मिलियन पिक्सेलको इन्टेलिजेन्ट हेडलाइटले १२० इनचको स्क्रिन प्रोजेक्सन गर्न सक्छ ।

यसमा भएको प्रविधि पनि लोभ लाग्दो छ । यसमा एडेप्टिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ कन्ट्रोल र इन्टेलिजेन्ट पार्किङ असिस्ट जस्ता एड्भान्स्ड ड्राइभिङ असिस्टेन्स फङसनको अनुभवका लागि पाँच वटा हाई डेफिनेसन क्यामेरा, पाँच एमएमका वेभ राडार र १२ अल्ट्रासोनिक राडार रहेका छन् । यसमा हाई स्ट्रेन्थ स्टिल आल्मुनियम बडी र ६ एयरब्याग रहेका छन् ।

यसको ईभी भेरिएन्टमा १७५ किलोवाट र ३२० एनएम रियर इलेक्ट्रिक मोटर रहेको छ, जसमा ५६.१२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ । यसले सीएलटीसी रेन्ज ५१० किलोमिटर दिन्छ । सो ब्याट्री ३० देखि ८० प्रतिशत चार्ज हुन १५ मिनेट मात्र लाग्छ ।

एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू वृद्धिले नेपालमा बिक्री वितरण गर्दै आएको दीपल ब्राण्डको नयाँ एस(०५ एसयूभी चाँडै नेपाल ल्याउने तयारी गरेको पनि बताइएको छ ।

  :