फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

सेरेस ईभीबाट निस्किएको धुँवाबारे कम्पनीको स्पष्टिकरण




काठमाडौं– काठमाडौंको सितापाइलास्थित एक सर्भिस सेन्टरमा आज बिहान पार्किङ गरेर राखेको सेरेस ब्राण्डको विद्युतीय कारमा भएको आगलागीका सम्बन्धमा कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले कारमा तार शर्ट भएर धुँवा निस्किएको जनाएको छ । सेरेस ईभीको नेपालको लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लु वृद्धि मोटर्स हो ।

सो कार अनाधिकृत सेवा केन्द्रहरू मार्फत् मर्मत सम्भार गरिएको हुनसक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको कम्पनीले प्रेस नोट जारी गर्दै स्पष्ट पारेको छ ।

‘गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडिमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको पनि कम्पनीले जनाएको छ ।

सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियतापूर्वक स्थितिलाई नियन्त्रण लिएको र ब्याट्री र मोटर दुवैमा क्षति नभएको पनि कम्पनीले प्रेस नोटमा उल्लेख गरेको छ । कम्पनीले भनेको छ– ‘कम्पनीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप अनुसन्धान भने भइरहेको छ ।

विद्युतीय सवारी साधनहरू धेरैखाले सुरक्षा सुविधाहरूले सुसज्जित हुने भन्दै सो कम्पनीले आफ्नो सवारी साधनको मर्मत सम्भार तोकिएको सेवा केन्द्र मार्फत् मात्र गराउन पनि ग्राहकहरुलाई आग्रह गरेको छ ।

  :