६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

अब पठाओबाट ट्याक्सी बुकिङ गरेर नेपालभरी पुग्न सकिने



काठमाडौं– पठाओ नेपालले आफ्नो नयाँ सुविधा ’पठाओ कार रेन्टल’ सुरू गरेको छ । यो सेवामा आवश्यकता अनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कन समेत मिल्ने पठाओ नेपालले जनाएको छ । यस सेवामा पठाओ कार लाइट अन्तर्गत दर्ता भएका ट्याक्सीहरु उपलब्ध हुनेछन् ।


रेन्टल सेवा लिनका लागि ग्राहकले कम्तीमा एक घण्टा अघि नै बुक गर्नुपर्ने र बढीमा ७ दिन अगाडि बुक गर्न सक्नेछन् । यसले यात्रुहरूलाई लामो दुरीको यात्रा या घुमघामका लागि सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस रेन्टल सेवामा ग्राहकहरूले नेपालका सबै सहरका लागि ’राउण्ड ट्रिप’ वा ’ड्रप’को सेवा बुक गरेर एउटै कार र चालकको साथ यात्रा गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।


पठाओका अन्य सेवामा जस्तै रेन्टलको यात्रामा पनि बीमा व्यवस्था गरिएको छ । साथै रेन्टल सेवामा कुनै समस्या भएमा २४सै घण्टा कल सेन्टर सेवा उपलब्ध हुनेछ । पठाओको मोबाइल एपमार्फत सेवा बुकिङ गरी राइड एक्सेप्ट भएपछि प्रयोगकर्ताले एपमै यात्रा विवरण हेर्न सक्ने व्यवस्था गरिएको पनि पठाओ नेपालले जनाएको छ ।

  :