६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

ईभीमा लगानी गर्न राष्ट्र बैंकको निर्देशन




काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ‘हरित लगानीसम्बन्धी मार्गदर्शन’ जारी गर्दै वातावरणमैत्री लगानी गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले निर्देशनमार्फत् लगानीका लागि विभिन्न १७ वटा क्षेत्र छुट्याएको छ । मार्गदर्शनमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन खरिद गर्नुभन्दा विद्युतीय सवारीसाधन खरिदमा लगानी गर्न निर्देशन राष्ट्रबैंकले दिएको छ । त्यस्तै, नयाँ सिमेन्टको घर निर्माणमा लगानी गर्नुभन्दा रेट्रोफिटिङमा लगानी गर्न प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

राष्ट्र बैंकले पब्लिक सवारीसाधन पनि इन्धनबाट चल्नेभन्दा पनि विद्युतबाट चल्नेमा बढी लगानी गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले केबलकारहरूको निर्माणमा प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

निर्देशनमा प्राकृतिक स्रोतहरूको संरक्षण, प्रदूषण नियन्त्रण, जलवायु परिवर्तन न्यूनीकरण र वातावरणीय स्थायित्वमा आधारित परियोजनाहरूमा वित्तीय लगानीलाई प्राथमिकता दिन लगाइएको छ ।

राष्ट्र बैंकले कृषि तथा वनसम्बन्धित कर्जा, माछापालन, खानी, वन तथा बेभरेज, गैर खाद्यपदार्थ उत्पादन, निर्माण, पावर, ग्यास तथा पानी, धातुजन्य उत्पाद तथा मेसिनरी र इलेक्ट्रोनिक उपकरण, यातायात, थोक तथा खुद्रा, वित्त तथा बीमा, घरजग्गा, पर्यटन, अटोमोबाइल्स, स्वास्थ्य तथा फोहरमैला व्यवस्थापन, शिक्षा र उपभोगमा आधारित कर्जा गरी लगानीका १७ क्षेत्र लगानीका लागि छुट्याएको छ ।

  :