काठमाडौं– चिनियाँ अटो निर्माता कम्पनी एक्सपेङले उड्ने कार बनाउने प्लान्टको निर्माण शुरुवात गरेको छ । चीनको गङडङ प्रान्तको ग्वान्जाओमा उक्त प्लान्टको शिलान्यास गरिएको हो । उक्त प्लान्ट १ लाख ८० हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिने बताइएको छ ।
सो प्लान्टबाट सन् २०२६ देखि कार उत्पादन हुने र वार्षिक दश हजार युनिट कार निर्माण गरिने कम्पनीले जनाएको छ । यो विश्वकै पहिलो उड्ने कारको कारखाना हो । एक्सपेङले बनाएको मोडुलर फ्लाइङ कारले हालै मात्र पहिलो टेष्ट फ्लाइट सफलतापूर्वक सम्पन्न गरेको थियो ।
कम्पनीले यस अगाडि पनि एरो एचटी परियोजना अन्तर्गत उड्ने कार निर्माण गर्ने घोषणा गरेपनि उक्त परियोजना सफल हुन सकेको थिएन । कम्पनीले आफ्नो पुरानो परियोजना त्यागेर नयाँ ल्यान्ड एयरक्राफ्ट क्यारियर अन्तर्गत मोडुलर फ्लाइङ कार उत्पादन गर्ने घोषणा गरेको हो ।
प्रतिक्रिया