३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

लोकप्रियताको शिखर चुम्दै हेनरी एच र भोल्ट्स ईभी




काठमाडौं– एस क्युब इन्टरप्राइजेजले हेनरी मोडल एच र भोल्ट्स एचईभी–३०० बिक्री गर्दै आईरहेको छ । यी कारहरु अहिले नेपाली बजारमा निकै लोकप्रिय बन्दै गएका छन् ।

हेनरी एच मोडलमा १७ किलोवाट आवर को ब्याट्री र ३५ किलोवाट क्षमताको मोटर छ । यसले एकपटकको फुल चार्जमा २०० किलोमिटरसम्म रेन्ज दिन्छ । सानो कार भएपनि फिचरका हिसावले यो एकदमै राम्रो छ ।


यो सानो कारमा हिल होल्ड एसिस्ट, एविएस, एयरब्याग, स्टेरिङ कन्ट्रोल, ईबीडी जस्ता फिचर छन् । १६५ एमएमको ग्राउन्ड क्लिरियन्स छ भएको यो कारको टर्निङ रेडियस भने ४.५ मिटरभन्दा पनि कम छ । जसले गर्दा यसलाई साघुँरा सडकमा समेत सहजै चालउन सकिन्छ । सानो कार भएकाले पार्किङ स्पेस एकदमै कम लिन्छ ।

यो नयाँ कारमा ३३ किलोवाट आवरको ब्याट्री र ३५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । फास्ट चार्जिङ सुबिधा समेत भएको यस कारले एकपटकको फुल चार्जमा ३३५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । भोल्ट्स एचईभी–३०० मा एउटा लक्जरी कारमा पाईने सबैजसो फिचर दिइएको छ ।


हेनरी भोल्टस्मा इलेक्ट्रिक पावर स्टेयरिङ, १० इन्च एलसीडी, म्यानुअल एसी, हिटर, पीयू लेदर सिट, पावर विन्डो रिभर्स क्यामेरा र पार्किङ सेन्सर, आल्मुनियम ह्विल, थ्री प्वाइन्ट बेल्ट, रिमोट सेन्ट्रल लक, कन्ट्रोल बटन, हिल होल्ड असिस्ट, एबीएस, ईबीडी, ईपीएस र इन्टिग्रेटेड डिजिटल इन्फोटेनमेन्ट लगायतका विभिन्न फिचर उपलब्ध छन् । यसमा डे टाइम रनिङ लाइट , एलइडी हेडलाइट, नयाँ टेललाइट जस्ता फिचर पनि छ ।

कम्पनीले यसको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटर र मोटर लगायतका ब्याट्री म्यानेजमेन्ट सिस्टममा ३ वर्ष वा ६० हजार किलोमिटर वारेन्टी प्रदान गरेको छ ।

  :