काठमाडौं– लुयान नेपालले कात्तिक २५ देखि मंसिर मसान्तसम्म सञ्चालन गरेको विन्टर राइड अफरमा ग्राहकहरु लाभान्वित भईरहेका छन् । उक्त अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार नगद छुटका साथै एउटा प्रिमियम हेलमेट र बाइक कभर उपहार पाइने कम्पनीले जनाएको छ ।
नगद छुटको अतिरिक्त कम्पनीले चालु आर्थिक बर्षको कर र ६ पटक निःशुल्क सर्भिस गर्ने सुविधा समेत उपलब्ध गराउने भएकोे छ । यसका साथै कम्पनीले कुनै पनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कुटरसँग साटफेर गरेर पनि लैजान सकिने एक्सचेन्जको सुविधा समेत उपलब्ध गराएको छ ।
कम्पनीले नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा दिन सकिने जनाएको छ । आम्दानीको स्तरको आधारमा न्यूनतम २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम २ बर्षसम्मको फाइनान्स सुविधा दिन सकिने कम्पनीले जनाएको छ ।
काठमाण्डौं उपत्यका भित्र ९ स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेको कम्पनीले हरेक सर्भिस सेन्टरमा चार्जिङ्ग प्वाइन्ट समेत उपलब्ध गराएको छ । देशको उर्जा देश मै खपत भन्ने नाराका साथ लुयान नेपालले विगत ५ बर्षदेखि नेपालमा बिभिन्न मोडलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ ।
प्रतिक्रिया