६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

बीवाईडीको एम–सिक्स नेपाली बजारमा




काठमाडौं– चिनियाँ गाडी उत्पादक कम्पनी बीवाईडीको नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले मल्टिपर्पोज भेहिकल एम–सिक्स नेपाल भित्र्याएको छ ।

गत भदौंमा काठमाडौंमा भएको नाडा अटो शो २०८१ मा नै नेपाल ल्याउने योजना रहेको भए पनि साइमेक्स इंकले अहिले उक्त गाडी ल्याएको हो । कम्पनीले उक्त गाडीको खुद्रा मूल्य प्रकाशित गरेको छ ।

जस अनुसार ५५.४ किलोवाट आवर क्षमताको ब्याट्री भएको एम– सिक्सको मूल्य ५५ लाख रुपैयाँ रहेको छ भने ७१.८ किलोवाट आवर क्षमताको ब्याट्री भएको एम–सिक्सको मूल्य भने ६० लाख १५ हजार रुपैयाँ तोकिएको छ । दुवै ईभीमा मोटर पावर भने एक सय किलोवाट क्षमताका रहेका छन् ।

  :