६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

नवलपरासीको दलदलेमा दिगोको तेस्रो ई–स्टप




काठमाडौं– दिगो ग्रुपले आफ्नो तेस्रो ई–स्टप नवलपरासीको दलदलेमा सञ्चालनमा ल्याएको छ । उक्त ई–स्टपको मंसिर २ गते औपचारिक उद्घाटन गरिएको हो ।

सो ई–स्टपमा सडक यात्रुको लागि रेस्टुरेन्टको सुविधाको साथै सार्वजनिक विद्युतीय सवारीसाधनको लागि २ वटा जीबीरटी चार्जर जडान गरिएको छ भने निजि सवारीसाधनलाई पनि मध्यनजर गरेर सीसीएस २.० चार्जरको पनि जडान गरिएको छ । दिगोको ई–स्टप रामटार र कुरिनटारमा सञ्चालन भईरहेको छ ।


उद्घाटन कार्यक्रममा दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठले यस ई–स्टपको स्थापनामा खुशी ब्यक्त गर्दै ई–स्टपको तेस्रो संस्करण दलदलेमा सञ्चालनपछि राजमार्गका यात्रुहरुलाई निकै उद्धार हुने बताए । उनले यस ई–स्टपले महेन्द्र राजमार्गमा बढिरहेको विद्युतीय सवारीसाधनलाई चर्जिङ्गको सुविधा दिन्छ र रेस्टुरेन्टले भने यात्रुलाई पनि सफा र मिठो खानाको साथ् सुलभ सुविधा दिने पनि स्पष्ट पारे ।

कार्यक्रममा दिगो ग्रुपको अध्यक्ष राजन रायमाझीले अतिथि र साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै दिगो ई–स्टपले नेपाली राजमार्गको यात्रामा नयाँ युगको सुरुवात ल्याएको बताए । दिगो ई–स्टप एउटा पिट स्टप मात्र होइन, यो एक दर्शन हो। हामी कार्बन उत्सर्जन घटाउन सक्रिय रूपमा योगदान गर्दै यात्रा सुविधाको लागि समर्पित छौं, अध्यक्ष रायमाझीले भने ।


दलदलेमा दिगो ई–स्टपले आधुनिक यात्रीहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएका सेवाहरू प्रदान गर्दछ। यसको मूल भागमा उन्नत ईभी चार्जिङ स्टेशनहरू छन् । जसले विद्युतीय सवारी साधनहरू सधैं सडकमा छन् भनी सुनिश्चित गर्दछ। यस सुविधामा यात्रुहरूलाई सफा र स्वच्छ खानाहरू प्रदान गर्ने रमाईलो रेस्टुरेन्ट पनि छ।

  :