काठमाडौं– चार बर्ष अगाडिदेखि नेपाली बजारमा बीएमडब्लुका गाडी बिक्री गर्दै आएको लक्ष्मी प्रिमियम मोटर्सले पछिल्लो पटक बीएमडब्लुको ‘एक्स ७’ मोडलको गाडी भित्र्याएको छ । यस गाडीको मूल्य करिब ७ करोड पर्नेछ ।
बीएमडब्लुको ‘एक्स ७’ धेरै देशका राष्ट्र प्रमुखहरुको सवारीमा प्रयोग हुँदै आएको मोडल भएको पनि बताइएको छ । यस गाडीमा ४८ भोल्ट माइल्ड हाइब्रिड इञ्जिन रहेको छ । यसमा ८ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध छ । यो गाडीको विशेषताहरु धेरै नै रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया