९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

डिसेम्बर २ देखि सीएफ मोटो ‘एडभेन्चर राइड २०२४ अपर मुस्ताङ’ आयोजना हुने




काठमाडौं– सीएफ मोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले ‘एडभेन्चर राइड २०२४ अपर मुस्ताङ’ आयोजना गर्ने भएको छ ।

कम्पनीले हालैमात्र नेपाली बजारमा भित्र्याएको एड्भेन्चर मोटरसाइकल ४५० एमटीका राइडरहरूलाई अपर मुस्ताङमा रहेको कोरला बोर्डरसम्म पु¥याउने भएको हो ।

कम्पनीले भर्खरै मात्र डेलिभरी दिन सुरु गरेको ४५० एमटी मोटरसाइकलका ग्राहकहरूलाई एमटी ४५० मा साहसिक एड्भेन्चर यात्रामा मोटरसाइकलको राइडिङ अनुभव प्रदान गर्न यो राइड आयोजना गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । एड्भेन्चर राइड २०२४ यही डिसेम्बर २ देखि डिसेम्बर ८ सम्म आयोजना हुने कम्पनीले जनाएको छ । यो यात्रामा राइडरहरूले १०० किलोमिटरभन्दा लामो यात्रा गर्नेछन् ।

डिसेम्बर २ मा काठमाडौंबाट शुरु हुने यो राइडमा चितवन राष्ट्रिय निकुञ्ज, पाल्पा तानसेन, कालापानी, पवित्र तीर्थस्थल मुक्तिनाथ, र प्रसिद्ध लोमान्थाङ शहरमा विश्राम गर्दै कोरला सीमानासम्मको यात्रा समावेश छ।

ऋषि ट्रेड सेन्टरका प्रबन्ध निर्देशक उज्ज्वल जोशीका अनुसार यो यात्रामा राइडहरुले ४५० एमटी मोटरसाइकलको क्षमताको प्रत्यक्ष अनुभव गर्नुको साथै नेपालका विभिन्न भूगोलहरूको भ्रमणका गर्ने अवसर प्राप्त गर्नेछन् ।

  :