काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गैह्रसरकारी संस्था हेल्भाटास अन्तर्गतको नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर)को सहकार्यमा बिद्युतीय सवारी साधन (ईभी)का लागि प्रशिक्षण दिएको छ ।
बीवाईडीको सर्भिस सेन्टरमा दिइएको प्रशिक्षणको पहिलो चरणमा २५ जना इञ्जिनीयर तथा प्राविधिकहरुको सहभागिता रहेको थियो । प्रशिक्षण दिनका लागि बीवाईडीको प्रतिनिधि चीनबाट आएका थिए ।
बीवाईडी, हुन्डाई, टाटा, किया, फोर्ड लगायतका ब्राण्ड बिक्रेता कम्पनीमा आवद्ध इञ्जिनीयर तथा प्राविधिकहरु प्रशिक्षणमा सहभागी भएका थिए । यस्तो प्रशिक्षणलाई आगामी दिनमा पनि निरन्तरता दिने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
प्रतिक्रिया