काठमाडौैं– भारतीय गाडी उत्पादक कम्पनी टाटा मोटर्सको पञ्च ईभी नेपालमा निकै लोकप्रिय बन्न पुगेको छ । सस्तो मूल्य, आकर्षक डिजाईन र थुप्रै फिचरहरु भएका कारण पञ्च ईभीलाई धेरैले मनपराएका हुन् ।
गत भदौ महिनामा काठमाडौंमा सम्पन्न नाडा अटो शोमार्फत सार्वजनिक भएको यो ईभी तीन महिनाको अवधिमा ५ सयभन्दा बढी डेलिभरी भईसकेको टाटा मोटर्सको लागि नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ ।
नेपाली बजारमा पञ्च ईभी तीन भेरियन्टमा उपलब्ध छ । पञ्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पञ्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार पर्ने छ । पञ्च ईभी इमपावर्ड प्लस एस एमआर भने नेपाली बजारमा हाल उपलब्ध छैन ।
प्रतिक्रिया