१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

अब नेपाली बजारमा रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसन




काठमाडौं – नेपाली बजारमा रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसन लञ्च गरिएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई बुधबार लञ्च गरेको हो ।

रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुनेछ ।

यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्दछ । यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिङले शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिने कम्पनीले जनाएको छ ।

नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच, इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् । त्यसैगरी नयाँ पाइलट लाइटहरु भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन् । बाइकमा अगाडि रहेको ट्विन्स पिस्टन फ्लोटिङ क्यालिपर सहितको ३०० एमएम र पछाडि रहेको सिंगल पिस्टन फ्लोटिङ क्यालिपर सहितको १५३ एमएमको डिस्क ब्रेकहरूले अझ बढी आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्छ ।

नयाँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनताबीचको सन्तुलनलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेको छ ।

नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको प्रारम्भिक मूल्य ५ लाख ५५ हजार ७ सय रुपैयाँ छ । देशभर रहेका २४ शोरुममा लञ्च र बिक्री खुला गरिएको तथा नजिकको रोयल इन्फिल्डको शरुममा गएर यसलाई अवलोकन गर्न र टेस्ट राइड गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।

  :