१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

११ महिनामा ३ लाख ८९ हजार ५६६ एनईभी बेच्यो सेरेसले




काठमाडौं– चिनियाँ कार निर्माता कम्पनी सेरेसले सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म ३ लाख ८९ हजार ५६६ न्यू इनर्जी भेइकल (एनईभी) बिक्री गरेको छ ।

जुन गत बर्षको यही अवधिको तुलनामा २५५.२६ प्रतिशत बढी भएको कम्पनीको बिक्री प्रतिवेदनमा उल्लेख छ । सेरेसले नोभेम्बर महिनामा ३६ हजार ८४२ एनईभी डेलिभरी गरेको छ । जुन गत बर्ष नोभेम्बर महिनाको तुलनामा ५४.५८ प्रतिशत बढी भएको कम्पनीले जनाएको छ ।

सेरेसले गु्रप अन्तर्गतको एइटो ब्राण्डका एम ५, एम ७ प्रो र एम ९ ले बजारमा बलियो पहिचान बनाएको छ । सन् २०२४ को नोभेम्बर महिनासम्म एइटो एम ७ १ लाख ८० हजार युनिट डेलिभरी गरिएको कम्पनीले जनाएको छ ।

  :