१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

नाडा नेपाल र सीसीपीआईटी अटोबीच महत्वपूर्ण सम्झौता




काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड, अटोमोबाइल सब–काउन्सिलबीच महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्ने उल्लेख छ ।

त्यसैगरी सीसीपीआईटी–अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदान प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ ।

यो सम्झौताले नेपाल र चीन बीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरु अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाले जनाएको छ ।

  :