काठमाडौं– हिरो मोटोकर्पको सहायक कम्पनी भिडाडाले भी–२ नयाँ इलेक्ट्रिक स्कुटर भारतमा सार्वजनिक गरेको छ । कम्पनीले भी–२ लाइट, भी–२ प्लस र भी–२ प्रो गरि तीन भेरियन्टमा ल्याएको छ ।
भिडा भी–२ को वेस भेरियन्टमा २.२ किलोवाट क्षमताको ब्याट्री छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ९४ किलोमिटर रेन्ज दिने इन्डियन ड्राइभिङ साइकल (आईडीसी)ले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।
भिडा भी.२ प्लसमा ३.४४ र प्रो भेरियन्टमा ३.९ किलोवाट क्षमताको ब्याट्री छ । प्रो भेरियन्टमा प्रयोग भएको ब्याट्रीले १४३ किलोमिटर र प्रो भेरियन्टले १६५ किलोमिटर रेन्ज दिने बताइएको छ ।
यी तीनै भेरियन्टमा ५ वर्ष वा ५० हजार किलोमिटर र ब्याट्रीमा ३ वर्ष वा ३० हजार किलोमिटर वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया