काठमाडौं–हुन्डाई मोटर्स, भारतले तीन वटा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) सँगको सहकार्यमा ब्याट्री र इलेक्ट्रिफिकेसनको क्षेत्रमा संयुक्त अनुसन्धान गर्ने भएको छ । । आईआईटी दिल्ली, आईआईटी बम्बई र आईआईटी मद्रास गरी तीन इन्स्टिच्युट अनुसन्धानमा संलग्न हुनेछन् ।
आईआईटी दिल्लीमा हुन्डाई मोटर ग्रुपको प्रायोजनमा हुन्डाई सेन्टर अफ एक्सिलेन्स ९सीओई० स्थापना गरिने छ । भारतमा नै एड्भान्स ईभीको ब्याट्री बनाउने र इलेक्ट्रीक भेहिकललाई थप उपयोगी बनाउन सम्झौता गरिएको हो ।
आईआईटी दिल्लीमा भएको एक समारोहमा हुन्डाई मोटर ग्रुप र आईआईटीका प्रतिनिधिहरुले एक सहमति पत्रमा हस्ताक्षर गरेका थिए । हुन्डाई मोटर ग्रुपले ५ वर्षको अवधिमा करिव ७० लाख अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया