काठमाडौं– चीनको बहुचर्चित अटोमोबाइल निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाइल्यान्डमा सबै भन्दा धेरै बिक्री हुने एसयूभी बनेर आफ्नो जितको श्रृङखला जारी राखेको छ ।
थाइल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्री भएका एसयूभीहरुमा सबै भन्दा बढी बिक्री भएको नेटा एक्सले उक्त वेस्ट सेलिङ एसयूभीको जित हासिल गर्न सफल भएको हो ।
थााइल्यान्डको अटोमोबाइल क्षेत्रमा गत अक्टोबर र नोभेम्बरमा नेटाका दुई भेरिएन्टहरु नेटा एक्स ४०१ कम्फर्ट तथा नेटा एक्स ४८० स्मार्टको बिक्री तथ्यांकलाई आधार मानिएको छ । थाइल्यान्डका लागि नेटा ब्रान्डका विभिन्न सवारी साधन बिक्री वितरण हुदै आईरहेका छन् ।
चिनिया ब्रान्ड नेटाको नेपालको लागि आधिकारिक वितरक सीजी मोटर्स रहेको छ भने नेपालमा नेटा भी तथा नेटा एस मोडलमा इलेक्ट्रिक कारहरु उपलब्ध छन् ।
नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किलोमिटर सम्म चल्न सक्छ । यसमा १८५ एमएम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ । सीएटीएलका अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किलोमिटरको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालीकता सुनिश्चित गर्दछ । यी विशेषताहरूले नेटा एक्सलाई फिचरयुक्त र इकोफ्रेन्ड्ली एसयूभी खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउँछन् ।
नेपालमा सीजी मोटर्सले पनि इलेक्ट्रिक गाडीहरूको माग बढाउँदै लैजाने उद्देश्यका साथ विभिन्न कार्य गरिरहेको छ । कम्पनीले ईभी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गरिरहेको छ ।
केही दिन अघि ललितपुरको बागडोलमा नयाँ सर्भिस स्टेसन उदघाटन गर्दै नेपालभरि २१ सर्भिस स्टेसन तथा स्पेयर पार्ट्स बिक्रीको सञ्जाल गरी सम्पूर्ण ग्राहकहरुलाई निरन्तर सेवा दिन तत्पर छ ।
कम्पनीले नेपालभर २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ र यसको सञ्जाललाई अझै विस्तार गर्दै गर्दैछ ।
प्रतिक्रिया