काठमाडौं– महिन्द्राले केही दिन अगाडि भारतमा सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी बीई ६ ईको नाम परिवर्तन गरेको छ । इन्डिगो एयरलाइन्सको संचालक कम्पनी इन्टरग्लोब एभिएसनका साथ चलिरहेको ट्रेडमार्क विवादका कारण महिन्द्राले अब सो कारको नाम बीई ६ राख्ने निर्णय गरेको हो ।
इन्टरग्लोब एभिएसनले महिन्द्रा बीई ६ईमा प्रयोग गरिएको ६ई को प्रयोग बरेमा ट्रेडमार्क उल्लंघनको आरोप लगाएको थियो । इन्टरग्लोबले दिल्ली हाइकोर्टमा यस वारेमा मुद्दा समेत दर्ता गरेको छ र यसको फैसला डिसेम्बर ९ मा हुने बताइएको छ ।
गत नोभेम्बर २६ मा भारतीय बजारमा बीई ६ई लन्च भएको थियो । एयरलायन्स र अटोमोवाइल फरक प्रकृतिको व्यवसाय भएकाले आफूले बीई–६ ई नाम राख्न पाउनु पर्ने महिन्द्राको दावी छ ।
प्रतिक्रिया