२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

टाटा र बीवाईडीको ईभी आयातमा कडा प्रतिस्पर्धा




काठमाडौं– चालू आर्थिक बर्षको पहिलो चार महिनामा टाटा मोटर्स र बीवाईडीबीच इलेक्ट्रिक भेहिकल आयातमा कडा प्रतिस्पर्धा देखिएको छ ।

चार महिनाको आयातको तथ्याङ्क अनुसार यस अवधिमा ३ हजार ३ सय ६८ विभिन्न ब्राण्डका इलेक्ट्रिक भेहिकलहरु आयात भएका छन् । जसमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ९ सय ७९ युनिट आयात गरेको तथ्याङ्कमा उल्लेख छ ।

सिप्रदीले पञ्च ईभी, टिगोर ईभी र टियागो ईभी बढी युनिटमा आयात गरेको छ । तथ्याङ्क अनुसार सिप्रदीले चार महिनाको अवधिमा पञ्च ईभी ४ सय ५५ युनिट, टिगोर ईभी ४सय ६ युनिट र टियागो ईभी १ सय १८ युनिट आयात गरेको छ ।

यता अर्को लोकप्रिय ब्राण्ड बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले यस अवधिमा ८ सय ७९ युनिट आयात गरेको छ ।

साइमेक्स इंकले बीवाईडीको एट्टो थ्री सबैभन्दा बढी ५ सय युनिट आयात गरेको छ भने डल्फिन ३७५ युनिट आयात गरेको छ ।

  :