काठमाडौं– हुण्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले मंसिर २४ देखि ३० सम्मका लागि डिसेम्बर डिलाइट अभियान शुरु गरेको छ ।
अभियान अन्तर्गत ग्राहकहरुले हुन्डाईको गाडी किन्दा ६ लाख रुपैयाँसम्म छूट, ५ लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस र एक बर्षको बीमा सेवा प्राप्त गर्न सक्नेछन । यसका साथै ३ बर्षको निःशुल्क चेक, गाडी मर्मत सामाग्री र वास कुपन तथा ३ बर्षको सर्भिसिङ प्याकेजको समेत लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले योमरी पुन्ही र उधौली पर्वको अवसरमा यही मंसिर २९ गते नक्साल, थापाथली र भक्तपुरस्थित शोरुममा विशेष कार्यक्रम गर्ने समेत जनाएको छ ।
प्रतिक्रिया