७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

सिएफम मोटो र जिहोको बाइक र स्कूटर अब हेटौंडामा पनि




काठमाडौं– सिएफ मोटो तथा जिहोका लागि नेपालको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडामा पाँचौं डिलर विस्तार गरेको छ ।

हेटौंडाको यति मोटर्स सिएफ मोटो तथा जिहोका लागि आधिकारिक डिलर नियुक्त भएको हो । शनिबार एक कार्यक्रमका बीचमा यति मोटर्सको शोरुम उदघाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै यति मोटर्सका सञ्चालक ईश्वर श्रेष्ठले सिएफमोटो र जिहो दुवै ब्राण्ड हेटौंडा तथा आसपासको क्षेत्रमा लोकप्रिय हुने विश्वास व्यक्त गरे ।

शोरुममा सिएफ मोटोको एनके २५० तथा जिहो ब्राण्डको एई६ प्लस, एई ६ प्लस एलआर, एई४ तथा एई४ एलआर बिक्री तथा प्रदर्शनीमा राखिएको छ । शोरुममा आएर ग्राहकले यी ब्राण्डको बाइक तथा स्कुटर टेष्ट्र ड्राइभ गर्न सक्ने सञ्चालक श्रेष्ठले जानकारी दिए । शोरुम उद्घाटनको अवसरमा सिएम मोटो र जिहोका मोटरसाइकल तथा स्कुटरको र्याली गरिएको थियो ।

शोरुम उद्घाटनको अवसरमा बाइक तथा स्कुटर खरिदमा विशेष छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ । गराइएको थियो । सिएफ मोटोको २५० सिसी क्षमताको एनके २५०को अधिकतम इन्जिन क्षमता २०.५ किलोवाट छ । टर्क २२ एनएम, डुवल च्यानल एबिएस, १२.५ लिटरको फ्युल ट्यांक क्षमता, इलेक्ट्रिक फ्युल इन्जेक्सन तथा एलइडी डिस्प्ले लगायतका विशेषता यो बाइकमा उपलब्ध छन् ।


त्यस्तै जिहोको हालै बजारमा आएको एई४ मोडलको ३ किलोवाट हव मोटर, २ किलोवाट आवरको लिथियम ब्याट्री, इलेक्ट्रिक ट्रान्जिक्सन कन्ट्रोल, एनएफसी कार्ड तथा जिहो एप्सबाट सञ्चालन गर्न सकिने र ३१ लिटर बराबरको बुथ स्पेस लगायतको विशेषता रहेको कम्पनीले जनाएको छ ।

  :