काठमाडौं– सन् २०२४ सकिनै लाग्दा टाटा प्यासेन्जर कारको आधिकारिक रिकन्डिसन हाउस सिप्रदी एस्योर्डले ‘ईयर इन्ड सेल’ स्किम घोषणा गरेको छ । कम्पनीले स्टकमा भएका कारको बिक्री बढाउन यो स्किम ल्याएको हो । स्किम डिसेम्वर ३१ सम्म लागु हुने जनाइएको छ ।
स्किम अवधिमा ग्राहकले आफुसँग भएको जुनसुकै पुरानो गाडीसँग टाटाको ब्रान्ड न्यू कार तथा कम्पनीसँग उपलब्ध पुरानै कार समेत साट्न सक्ने कम्पनीले जनाएको छ । सिप्रदी एस्योर्डसँँग उपलब्ध विभिन्न ब्रान्डका सेकेन्ड ह्यान्ड कारलाई उचित मूल्यमा बिक्री गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले सकेन्ड ह्यान्ड कारको खरिदमा आकर्षक उपहारदेखि फाइनान्स सुविधा समेत उपलब्ध गराउँदै आएको छ । यसैगरी, एकजना भाग्यशाली बिजेतालाई लक्कि ड्रमार्फत विशेष उपहार समेत प्रदान गरिनेछ । पुरानो कार दिएर पुरानै कार एक्सचेन्ज गर्न आउने उपभोक्तालाई उनीहरुको कारमा उच्चतम मुल्यांकन दिइने कम्पनीले जनाएको छ ।
पुरानो गाडीको खरिदमा फाइनान्स सुविधाका लागि कम्पनीले सिप्रदी हायर पर्चेज र एमएडब्लू इन्भेष्टमेन्टबाट कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । यसरी कर्जा लिँदा न्यून ब्याजदरसहित सरल किस्ताबन्दीको सुविधा समेत पाइने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया