फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

ऐरीले जिते ओमेडा ई–५ कार




काठमाडौं ( सुदूरपश्चिम रोयल्सका कप्तान तथा दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिगमा उत्कृष्ट नेपाली खेलाडी बन्दै ओमेडा ई– ५ कार जितेका छन्।


शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको छ, तर प्लेयर अफ दी टुर्नामेन्ट भएका ऐरीले ओमोडा ई५ कार जितेका हुन् । टी२० क्रिकेटमा विश्वका नम्बर २ अलराउन्डर उनले प्रतियोगितामा ९ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिए।

एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा ई–५ कार प्रदान गर्ने घोषणा ओमोडाको नेपालका लागि आधिकारिक वितरक शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले पहिले नै घोषणा गरेको थियो । ओमोडा ई–५मा ब्लेड टेक्नोलोजीमा आधारित ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई सिंगलमा ४३० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

ओमोडा ई(५मा ९९ किलोवाटको मोटर दिइएको छ । सो कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ छ ।

  :