७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

दिपलको ई ०७ चाँडै नेपाली बजारमा




काठमाडौं– दिपलको ई ०७ कार चाँडै नै नेपाली बजारमा आउने भएको छ । चांगनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लुवृद्धिले अटोकर्पले ‘दिपल ई ०७ छिट्टै सार्वजनिक गर्ने तयारी गरेको हो ।

कम्पनीले भन्सार प्रयोजनका लागि १ करोड ४ लाख रुपैयाँ अधिकतम खुद्रा बिक्री मूल्य तोकेको छ । ई ०७ मा ८९.९ किलोवाट आवर क्षमताको ब्याट्री छ भने १९० किलोवाट क्षमताको मोटर छ । यो कारले फुल चार्जमा ६४० किमीसम्म रेन्ज दिन सक्छ ।

एमएडब्लुवृद्धिले अहिले नेपाली बजारमा एस ०७ र एल ०७ बिक्री गर्दै आएको छ । एस ०७ एसयुभी र एल ०७ सेडान कार हो ।

  :