७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

अप्रिलिया र भेस्पा स्कुटरमा पुस ७ देखि २६ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प




काठमाडौं– अप्रिलिया र भेस्पा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले पुस ७ गतेदेखि २६ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प शुरु गरेको छ । यस सर्भिस क्याम्पमा ग्राहकले सर्भिसमा पूरा लेबर चार्ज निःशुल्क, मेजर रिपियरमा ५० प्रतिशत छुटका साथै अन्य सुविधा पनि पाउने कम्पनीले जनाएको छ।


स्कुटर सर्भिसमा आएका ग्राहकले अन्य सुविधा अन्तर्गत स्पेयर पार्ट र इन्जिन आयलमा १० प्रतिशत छुट, सबै एशोसरिजमा १५ प्रतिशत छुट र लक्की ड्र मार्फत एक भाग्यशाली ग्राहकले बम्पर उपहारसमेत जित्ने मौका पाउने पनि कम्पनीले जनाएके छ ।
अप्रिलिया तथा भेस्पाको आधिकारिक सर्भिस सेन्टरमा सञ्चालनमा आएको यस क्याम्पमा एनुअल मेन्टिनेन्स कन्ट्रयाकको सुविधा पनि उपलब्ध रहेको छ ।

यसका अलावा दुवै ब्राण्डको स्कुटरमा ‘हट डिल्स’ विन्टर एक्सचेन्ज तथा फाइनान्स अफर रहेको छ । यस अफरमा नगद रकममा स्कुटर एक्स्चेन्ज वा खरिद गर्ने प्रत्येक ग्राहकलाई ७ हजार ५०० रुपैयाँ नगद छुट् दिनुका साथै एउटा ब्राण्डड स्टाइलिस हुडी, स्कुटर कभर, हेल्मेट र किरिङसमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

इएमआइमा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई कम्पनीले सहज फाइनान्स सुविधाको पनि व्यवस्था गराउने बताएको छ । यो अफर भने पुस १ गतेदेखि माघ १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

  :