काठमाडौं– बजाज अटोले चेतक इलेक्ट्रीकको नयाँ पुस्ताको मोडल चेतक ३५ सिरिज सार्वजनिक गरेको छ ।
बजाजले अपग्रेड सहित सार्वजनिक गरेको चेतक ३५ को तीन भेरियन्ट ३५०१, ३५०२ र ३५०३ भेरियन्टमा ल्याएको हो । चेतक ३५ सिरिजलाई पूर्ण रूपमा नयाँ प्लेटफर्ममा ल्याइएको छ । यसमा अब ३.५ किलोवाटको ठुलो ब्याट्री प्याक छ। नयाँ इलेक्ट्रिक स्कुटरले फुल चार्जमा १५३ किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ ।
९५० वाटको चार्जरको मद्दतले ३ घण्टा २५ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ । नयाँ चेतक ३५ सिरिजको टप स्पिड ७३ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले दाबी गरेको छ । यसमा इको र स्पोर्ट्स मोड दुवै रहेको छ। यसका साथै स्कुटरमा टीएफटी टच स्क्रीन डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, म्यूजिक कन्ट्रोल, म्याप जस्ता फिचर थप गरिएको छ ।
प्रतिक्रिया