१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

पोखरामा बीवाईडी एम–६ सार्वजनिक, एकैपटक एक सय गाडी डेलिभरी




काठमाडौं– बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले पोखराबाट बीवाईडीको नयाँ एमपीभी मोडल एम ६ लञ्च गरेको छ । काठमाडौंबाट पोखरासम्म एम ६ र्याली गरेर पोखरामा लञ्च गरिएके हो । सो अवसरमा एकै पटक १ सय युनिट गाडी ग्राहकहरुलाई डेलिभरी समेत गरिएके छ ।

कम्पनीले सुरुवाती मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो । सो अवसरमा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले पर्यटकीय नगरी पोखराबाट बीवाईडीको एमपीभी एम६ लन्च गर्न पाउँदा खुसी लागेको बताइन् । साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले एमû६ सबैको रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।

यसमा १०० किलोवाटको इलेक्ट्रीक मोटर छ भने ७१.८ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ । एम–६ ले सिंगल चार्जमा ४४० किलोमिटरसम्म रेन्ज दिने छ । उक्त ब्याट्रीलाई ११५ किलोवाट क्षमताको डिसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ ।

  :