काठमाडौं–साङ्ग्रिला मोटर्सले नयाँ वर्षको विशेष अवसर पारेर ‘‘नयाँ वर्ष एक्सचेन्ज कार्निभल २०२५’ को आयोजना गर्ने भएको छ ।
पुस १२ र १३ गते गैरीधाराको सिल्भर ओकमा आयोजना हुन लागेको दुई दिने यस कार्यक्रममा नयाँ वर्षको सुरुवातसँगै अटोमोटिभ दुनियाँका उत्कृष्ट अनुभवहरू अन्वेषण गर्ने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ ।कार्निभललाई नयाँ वर्ष जस्तै नविनतम एवम् अविस्मरणीय उत्सवको रुपमा सम्पन्न गर्ने लक्ष्य पनि कम्पनीको छ ।
कम्पनीका अनुसार कार्निभलमा तीन उल्लेखनीय अटोमोटिभ ब्रान्ड–लिप मोटर, सिट्रोन, र प्युजो प्रदर्शन गरिने कम्पनी भनाई छ । यी ब्रान्डहरूले अत्याधुनिक प्रविधि, विविध शैली र प्रदर्शनलाई एउटै छानामुनि प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा सहभागीहरूले आकर्षक अफरहरूको फाइदा लिन सक्नेछन भने आफ्नो पुरानो गाडीको लागि उत्कृष्ट मूल्याङ्कन र सहज फाइनान्सिङ सुविधाको उपयोग गरी आफ्नो सपनाको गाडी खरिद गर्न सक्नेछन् ।
सहभागीहरूलाई नयाँ मोडेलहरूको टेस्ट ड्राइभ गर्ने अवसर पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया