१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

हुन्डाई आयोनिक–५ गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल




काठमाडौं– कोरियन कार निर्माता हुन्डाईको इलेक्ट्रीक क्रसओभर एसयूभी आयोनिक ५ ले विश्वकै सबैभन्दा अग्लो स्थानमा पुगेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएको छ ।


अहिलेसम्म विद्युतीय कारहरुले गरेको यात्रामा सबैभन्दा माथिल्लो उचाई पुगेर आयोनिक ५ ले विश्व रेकर्ड बनाएको हो । हुन्डाई इन्डिया र ड्राइभिङ प्रोफेशनल टीम ‘इभो इन्डिया’ले मिलेर ५ हजार ७९९ मिटर अग्लो स्थानमा पुगेर रेकर्ड बनाएको हो ।

कम्पनीका अनुसार सो यात्रा भारतको सबैभन्दा अग्लो ड्राइभयोग्य प्वाइन्ट समुद्री सतहभन्दा ५ हजार ७९९ मिटर अग्लो स्थानमा रहेको लेह लद्दाखस्थित उम्लिङ लाबाट सुरु भएर समुद्री सतहबाट तीन मिटर गहिराइमा रहेको केरलाको कुट्टानाड पुगेर टुंगिएको थियो ।

आयोनिक ५ ले यो यात्रा १४ दिनमा पुरा गरेको थियो । यस अवधिमा गाडीले ४ हजार ९०० किलोमिटर दुरी तय गरेको हुन्डाई इन्डियाले जनाएको छ । निकै कठिन, चिसो र हिमाली बाटोमा पनि आयोनिक ५ ले उत्कृष्ट यात्रा प्रदान गरेको कम्पनील जनाएको छ । यसबाट हुन्डाई आयोनिक ५ ले इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा एक बेन्चमार्क स्थापित गरेको छ ।

  :