काठमाडौं– चिनियाँ ईभी निर्माता कम्पनी लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नेपाली बजारमा लिपमोटरको सी–१० एसयूभी एक सय युनिट बिक्री भएको जनाएको छ ।
ग्राहकहरुले देखाएको यो विश्वासलाई आत्मसात गर्दै आगामी दिनमा पनि लिपमोटरलाई नयाँ उचाईमा पु¥याउने सांग्रिला मोटर्सले जनाएको छ । लिपमोटर सी–१० गत भदौ महिनामा काठमाडौंमा भएको नाडा अटो शोबाट नेपाली बजारमा भित्रिएको हो । नाडा अटो शोमा १ सय ५० युनिट बुकिङ भएको थियो । तर असोजमा आएको बाढीपहिरोका कारण बाटो बन्द भएकाले ग्राहकहरुलाई डेलिभरी दिन एक महिना ढिला भएको थियो ।
सांग्रिला मोटर्सले लिपमोटरको सर्भिस र अन्य पूर्वाधार निर्माणमा पनि लगानी गर्ने भएको छ । शारडा ग्रुपसँगको सहकार्यमा सांग्रिला मोटर्सले चार्जिङ स्टेशन निर्माण गर्ने पनि जनाएको छ । कम्पनीले छिट्टै नै लिपमोटरको टी–०३ ईभी पनि नेपाली बजारमा लञ्च गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया