काठमाडौं– अहिले नेपाली बजारमा ब्रम्बी ईभी बिक्री–वितरण गरिरहेको एलआरआर मोटर्सले जुनयाओ अटोको जेवाई एयर सी–५ अल्ट्रा ईभी छिट्टै नै नेपाली बजारमा भित्र्याउने भएको छ । जुनयाओको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्स प्रालि हो ।
जुनयाओ अटोले हालै जेवाई सिरिजका दुई इलेक्ट्रिक क्रसओभर जेवाई एयर सी–५ लाइट र जेवाई एयर सी–५ अल्ट्रा चिनियाँ बजारमा उपलब्ध गराएको छ । यसमध्ये एलआरआर मोटर्सले जेवाई एयर सी–५ अल्ट्रा नेपाली बजारमा भित्र्याउन लागेको हो । जेवाई एयर सी–५ लाइटमा ५१ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ र यसले सिंगल चार्जमा ३५५ किलोमिटरको रेन्ज दिन्छ ।
जेवाई एयर सी–५ अल्ट्रामा ६४ किलोवाट आवरको ब्याट्री रहेको छ र यसले सिंगल चार्जमा ४३० किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । यसलाई डीसी चार्जिङबाट २१ देखि ३० मिनेटमा ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
यसमा १५।६ इन्चको टचस्क्रिन, वायरलेस कारप्ले तथा एन्ड्रोइड अटो र ३६० डिग्री क्यामेरा सहितको इन्टेलिजेन्ट टेक्नोलोजी छ । सेफ्टीका लागि यसमा एईबी, एलडीडब्लु र आरसीडब्लु एवम् चाइल्ड सेफ्टीका लागि आई–साइज सेफ्टी सिट सहितको सेफ्टी सुइट रहेको छ ।
वातावरणीय सहजतका लागि यसमा रिसाइकल गर्न सकिने सामग्री प्रयोग गरिएको छ । यो गाडीले ११ सेकेन्डमा शून्य देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ । ९९ किलोवाटको मोटर रहेको सो ब्रान्ड केही दिन पहिले थाइल्यान्ड मोटर एक्सपो २०२४ मा सार्वजनिक गरिएको थियो
प्रतिक्रिया