२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

काठमाडौंको एक मात्र कृषिसँगै रेस्टुरेन्ट र रिसोर्ट गोठालो फार्म हाउस




काठमाडौ – काठमाडौंमा नै गाउँघरको झल्को दिने फार्म हाउस र रिसोर्ट छ भन्दा तपाईंलाई अचम्म लाग्ला । तर अचम्म नमान्नुहोस्, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ सिम्खडा गाउँमा अवस्थित गोठालो फार्म हाउसमा गाउँघरकै झल्को पाउन सकिन्छ ।

बैंकको अधिकृतस्तरको जागिर छाडेर रामेछापका विनोद घिमिरेले सञ्चालनमा ल्याएको यस फार्म हाउस अहिले निकै लोकप्रिय बन्न पुगेको छ । पेसाप्रति निरन्तरता, लगनशीलता र धैर्यता रह्यो भने सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणको पात्र बनेका छन् घिमिरे ।

कूल २७ रोपनी क्षेत्रफलमा फैलिएको यस फार्म हाउसको स्वच्छ र मनोरम वातावरण, अर्गानिक खानेकुराहरूका कारण स्वदेशी तथा विदेशी पाहुनालाई आकर्षित गर्दै आएको छ । विसं २०७७ सालमा स्थापना गरिएको यस फार्म हाउसमा पारिवारिक वातावरण भएकाले सबै उमेर समूहका ग्राहकले मनपराएका छन् । यस फार्म हाउसको विशेषता कालिजको परिकार हो । यहाँ धेरैजसो परिकार फार्मकै उत्पादनबाट तयार हुने गरेको छ । गोठालो फार्म हाउस कालिज, लोकल कुखुरा, बँदेल, खसीबोका र अर्गानिक परिकारहरू पाइने काठमाडौंको एक मात्र कृषिसँगै रेस्टुरेन्ट र रिसोर्ट हो ।

यस फार्म हाउसमा फास्टफुडबाहेक थालीमा पस्किने सबै खानेकुरा दाउरा बालेर चुल्होमा पकाउने गरिएको छ । कुनै पनि खानेकुरामा तयारी मसला प्रयोग गरिएको हुँदैन । यहाँ तत्कालै सिलौटोमा पिसेको मसला मात्र प्रयोग हुने गरेको फार्म हाउसका सञ्चालक घिमिरे बताउँछन् । यहाँ खुला आकाशमाथि बसेर पनि खाने सुविधा रहेको छ ।

यस फार्म हाउसको स्वच्छ, स्वस्थ वातावरण र भान्सामा पाक्ने अर्गानिक खानाको स्वाद तथा आरामदायी बसाइका लागि यस फार्म हाउस निकै लोकप्रिय बन्न पुगेको छ । पिकनिक मनाउन पनि यहाँ प्रशस्त खुला क्षेत्र छ । आफ्ना पाहुनाहरूलाई विभिन्न सेवा सुविधा उपलब्ध गराएर नमुना फार्म हाउसका रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छ, गोठालो फार्म हाउस ।

यस फार्म हाउसमा कालिज, भैँसी, बाख्रा, कुखरा, हाँस पालन गर्नुका साथै तरकारी तथा अन्नबालीहरू समेत लगाइएको छ । यस फार्म हाउसमा कृषिसम्बन्धी अध्ययनका लागि विद्यार्थीहरू समेत पुग्ने गरेका छन् ।


यदि तपाईंहरू पनि शान्त र कोलाहलमुक्त वातावरणमा बस्न र अर्गानिक खानेकुराको स्वाद लिन कुनै गन्तव्यको खोजीमा हुनुहुन्छ, भने उपयुक्त गन्तव्यको रूपमा यस गोठालो फार्म हाउस, थलीलाई सम्झनको लागि फार्म हाउसका सञ्चालक विनोद घिमिरेले आग्रह गरेका छन् ।

  :