१८ पुस २०८१, बिहिबार | Thu Jan 2 2025

दीपेन्द्र सिंह ऐरी बने ओमोडा एन्ड जेईकोको ब्रान्ड एम्बेसेडर




काठमाडौं– ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक बिक्रेता एसपीवी अटोमोबाइल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट तथा सुदुरपश्चिमका कप्तान रहेका दिपेन्द्र सिंह ऐरीलाई ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच कम्पनीले ऐरीलाई ब्रान्ड एम्बेसेडर नियुक्त गरेको घोषणा गरेको हो । कम्पनीले ऐरीसँग ३ बर्षका लागि सम्झौता गरेको छ । कार्यक्रममा सम्बोधन गर्दै ऐरीले आफ्नो ओमोडा एन्ड जेइकोसँगको आबद्ध हुँदा खुसी व्यक्त गरे । उनले भने– ‘ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु । यो नियुक्तिले मलाई खेल क्षेत्रमा सहज हुनेछ ।

समारोहमा शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाको सहभागिता रहेको थियो ।


कार्यक्रममा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्टको पुरस्कारस्वरुप ऐरीलाई ओमोडा ई फाइभ ईभीको साँचो समेत हस्तान्तरण गरिएको थियो । एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले उदाउँदा युवा खेलाडीलाई ओमोडा एण्ड जेईको ब्रान्ड एम्बेसेडर नियुक्त गर्न पाउँदा गौरवान्वित महशुश भएको बताए ।

ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजक रहेको थियो।

  :