काठमाडौं– भीजी मोटर्सले नेपाली बजारमा सिनोगोल्ड ब्रान्डको जुनजिङ–जेएक्स मोडलको ईभी सेडान भित्र्याउने भएको हो ।
सो ईभीमा ४८ किलोवाट आवरको ब्याट्री र ५० किलोवाटको मोटर हुनेछ ।
भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको मूल्य सूची अनुसार सो ईभीको मूल्य ३९ लाख रुपैयाँ हुनेछ । यसको अन्य जानकारी भने सार्वजनिक गरिएको छैन ।
भीजी मोटर्सले यस अगाडि नेपाली बजारमा एसआरएम र जोयलङ लगायतका विभिन्न ईभी ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।
प्रतिक्रिया