२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

४.९९ प्रतिशत निश्चित ब्याजदरमै दिपलका ईभी किन्न सकिने




काठमाडौं– नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटो कर्पले ‘न्यू इयर, न्यू दिपल’ योजनामार्फत ४.९९ प्रतिशत निश्चित ब्याजदरमै दिपलका ईभी खरिद गर्न सकिने योजना ल्याएको छ ।

अब इभी प्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक ईभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा आफ्नो बनाउन सक्ने कम्पनीले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा कम्पनीको छ ।


यो योजनामा ग्राहकले ४।९९ प्रतिशत निश्चित ब्याजदरमात्र होइन, निशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निशुल्क अटो प्लस इन्स्योरेन्सका साथै उत्कृष्ट रिकन्डिसन हाउसहरु मार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउनेछन् ।

कम्पनीका अनुसार दिपल एस०७ र दिपलएल०७ मा १५ भन्दा बढी ‘फस्र्ट टाइम इन नेपाल’ फिचर छन्, जसले यी ईभीलाई बजारकै सबैभन्दा बढी रुचाइएको इभी बनाएको छ ।

  :